करिब एक महिनाअघि कमलपित्त (जन्डिस) भई अस्पतालमा भर्ना भएका तामाङको मृत्यु भएपछि परिवारले अर्थाभावमा शव लैजान नसकेपछि अलपत्र परेको थियो । ‘मैले आर्थिक अभावमा शव लैजान सकिनँ, अस्पतालको उपचार खर्च पनि तिर्न सकिनँ,’ तीनवर्षे छोरीसहित अस्पतालमा आएकी सुनिताले अर्थाभावमा मोतीबिन्दु भएकी छोरीको पनि उपचार गर्न नसकेको बताउँदै भनिन् । अस्पताल प्रशासनले तामाङको उपचारमा लागेको खर्च र शव गृहमा शव राखेबापतको रु ३० हजार छुट गरिदिएपछि शव लैजान सहज भएको चन्दले बताए । उनले पशुपति क्षेत्र विकास कोषले पनि तामाङको शव निःशुल्क शवदाह गरेको जानकारी दिए । तामाङको शव आर्थिक अभावमा अलपत्र परेकोबारे लाइटनेपाल डटकममा समाचार तथा भिडियो प्रकाशन भएपछि तामाङलाई देश–बिदेशबाट सहयोग जुटेको थियो । उनले भने, ‘मैले अस्पतालमा शव अर्थाभावमा लैजान नसकेको थाहा पाएपछि विदेशमा बस्ने साथीसँग सहयोग मागेको थिए । जापानमा बस्ने साथीले रु ३६ हजार सहयोग गरे । लामो प्रयासपछि अस्पताललाई तिर्नुपर्ने रकम छुट गराइयो । सङ्कलन भएको रु ७५,१०३ हजार श्रीमतीलाई हस्तान्तरण गरिएको छ ।’ चन्दले तामाङकी तीन वर्षीया छोरी सरु तामाङको पनि मोतिबिन्दुको उपचार गरिदिने जानकारी दिए ।
सहयोगी मनहरु
अनिता गुरुङ समुह जापान ३६१०३
रामकृष्ण उपाध्याय (हिन्दू जागरण अभियान )-५०००
चार्टर एकाउन्ट समुह १५०००
शेर्पा समुह १५०००
अस्पताल कर्मचारी समुह ४०००
केहि दिन अघि समाचार पढेर लाइट नेपालको अफिसमा पैसा सहयोग गर्न आउनु भएको थियो उहाहरु :
नेपालबाट सहयोग गर्नेहरु
सिर्जन श्रेष्ठ – रु १०००
रिजन श्रेष्ठ – रु १०००
राम थापा शिशिर – रु ५०० –
- See more at: http://www.lightnepal.com/41351/#sthash.UN0dEaUS.qYjSII0n.dpuf
0 comments:
Post a Comment